इलाममा अझै घटेन कोरोना संक्रमण आज थप २८ जनामा संक्रमण


इलाम, ८ असोजः कोरोनाको दोस्रोलहरको ग्राफ अझै इलाममा घटेको छैन । इलाममा आज थप २८ जनामा संक्रमण देखिएको छ । आज थपिएका २८ जना सँगै संक्रमितको संख्या ५६४१ पुगेको छ ।

आज संक्रमित हुनेहरुमा माई नगरपालिकामा ६ महिला र ४ पुरुष,  देउमाई  नगरपालिकामा ६ महिला र ४ पुरुष, इलाम नगरपालिकामा ४ महिला र १ पुरुष र माईजोगमाई गाउँपालिकामा २ महिला र १ पुरुष रहेका छन् । 

इलाममा कोरोना संक्रमणको कारण १२७ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा २९६ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment