इलामको सोयाङमा सवारी दुर्घटनामा १ जनाको मृत्यू


इलाम, ८ असोजः  इलामको माइजोगमाइ गाँउपालिका ५ सोयाङको गणेश गोलाइमा सवारी दुर्घटना  हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइजोगमाई ५ वस्ने ५७ वर्षिय खिर कुमार तामाङ रहेका छन् ।  इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडि  रोकिएको बेला सोही गाडिमा सवार तामाङ पिसाब फेर्न  गएको अवस्थामा गाडि पछाडि सर्न गई उनलाई पिकअपले किचि निजको घटना स्थलमानै मृत्यु भएको  हो । 

घटनाको जानकारी पाएपछि तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षकको कमाण्ड र इलाका प्रहरी कार्यालय नँयाबजारबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोलीले चालक  सन्दकपुर गाँउपालिका १ माइपोखरी  बस्ने वर्ष ३० को महेश राईलाई नियन्त्रणमा लिई अनुशन्धान  भईरहेको र शवलाई पोसमार्टमको लागी इलाम अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment