युवा नेता डम्बर खड्काद्वारा जिल्ला सभापतिमा उम्मेद्वारी घोषण (भिडियो सहित)


इलाम, २३ भाद्रः नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी डम्बर खड्काले मंगलबार पत्रकार सम्मेलन गर्दै इलाम जिल्लाको नेपाली कांग्रेसको जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको १४ औँ अधिवेशन शुरु भएको छ भाद्र १२ गते वडा अधिवेशन सकिए पछि नगर, क्षेत्र र जिल्ला अधिवेसनको नेपाली कांग्रेसभित्र चहलपहल शुरु भएको छ । 


निर्माण व्यवसाय र कांग्रेसको राजनीतिलाई सँगसँगै अगाडि बढाएका डम्बर खड्काले यस पटक कांग्रेस इलाम सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । २०४१ सालमा आदर्श माविमा नेविसंघको इकाइ सभापति हुँदै राजनीतिमा आएका उनी २०५१ देखि ०५८ सालसम्म नेविसंघ इलामको सभापति भइसकेका छन् । नेविसंघको केन्द्रीय सदस्य हुँदै तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकतर्फबाट नेविसंघ केन्द्रीय उपाध्यक्ष समेत भएका उनी पार्टीको जिल्ला कोषाध्यक्ष समेत भइसकेका छन् ।

इलाम क्षेत्र नं २ को प्रदेश १ (क) मा प्रदेश सभाको उमेद्वार समेत भइसकेका उनले आफूले कार्यकर्ताको दुःख सुख भोग्दै संगठन निर्माणमा निरन्तर सक्रिय रहेको बताए । ‘पार्टीमा नेतृत्व हस्तान्तरणको परिपाटी बसाल्नुपर्छ, एउटै जिल्लामा एउटै नेतृत्व २७ बर्षसम्म रहेर संगठन निर्माणमा थप योगदान दिन नसक्ने बताए । उनले भने, ुविपक्षी पार्टीहरुसँगको प्रतिस्पर्धाबाट एक नम्बर कांग्रेस पार्टी बनाउनका लागि मैले उम्मेदारी दिन लागेको हुँ ।’ 

पत्रकार सम्मेलनमा खड्का समूहबाट क्षेत्र नं. १ को क्षेत्रिय सभापतिमा भिष्म प्रधान, क्षेत्र नं. २ को सभापतिमा मन वहादुर वुढाथोकी र नगर सभापतिहरुमा इलाम नगरपालिकामा अमृत लाल श्रेष्ठ, सूर्योदय नगरपालिकामा सोनाम छिरिङ काजी लाप्चा, माई नगरपालिकामा हेमराज लिम्बू, सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकामा राजेश देवान र माङसेवुङ गाउँपालिकामा अम्वर बहादुर राई रहेको समेत जानकारी गराए । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment