मोन्टेनेग्रोमाथि नेदरल्यान्डसकाे सानदार जित

एजेन्सी । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा नेदरल्यान्ड्सले सानदार जित निकालेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सले मोन्टेनेग्रोलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई सानदार जित दिलाउको लागि फरवार्ड मेम्फिस डिपाएले दुई गोल गरे । जर्जिनो वाइनाल्डम र कोडी गाक्पोले समान एक एक गोल थपे ।

खेलको ३८औं मिनेटमा डिपाएको पेनाल्टी गोलबाट नेदरल्यान्डसले आग्रता लिएको थियो । पेनाल्टी बक्सभित्र लागाटोरले डिपाएलाई फल गरेपछि नेदरल्यान्डसले पेनाल्टी पाएको थियो ।

६२औं मिनेटमा डिपाएले नै गोल गर्दै नेदरल्यान्डको अग्रता दोब्बर बनाए । उनले कोडी गाक्पोको पासमा गोल गरेका थिए ।

७०औं मिनेमा जर्जिनो वाइनाल्डमले स्टेभेन वर्गहुइसको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई ३–० को अग्रता दिलाए । ७६औं मिनेटमा कोडी गाक्पोले टेरेल मालासियाको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई ४–० को फराकिलो जित दिलाए ।

यो जितपछि समूह ‘जी’ मा नेदरल्यान्ड्स ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको टर्कीको ११ अंक छ । पराजित मोन्टेनग्रो ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment