फ्रान्स युक्रेनसँग बराबरीमा रोकियो

एजेन्सी । विश्वकप छनोटमा साविक विजेता फ्रान्स बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा फ्रान्स युक्रेनसँग १–१ को बराबरीमा रोकिएको हो ।

फ्रान्सका लागि एन्थोनी मार्सियाल र युक्रेनका लागि माइकोला सापारेन्कोले गाेल गरेका थिए । खेलको ४४ औं मिनेटमा सापारेन्कोले गोल गर्दै आग्रता दिलाएका थिए ।

दोस्रो हाफको शुरुमै फ्रान्सले बराबरी गोल फर्कायो । खेलको ५० औँ मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । उनले एड्रिएन राविओटको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नसक्दा खेल बराबरीमा सकियो ।

समूह ‘डी’ मा फ्रान्स ५ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने युक्रेन ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । समान ५ अंक भएपनि फिनल्यान्ड गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment