भारतीय सेनाद्वारा नेपालका ८ पूर्वप्रधानसेनापतिलाई निम्तो

काठमाडौँ । नेपाली सेनाले आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाले गरेको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रूपमा लिन सकिने बताएको छ ।

पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाले गरेको निमन्त्रणाका सम्वन्धका बारेमा नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्पराअनुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरका रूपमा कार्यक्रममा सहभागी हुन उहाँहरुलाई निमन्त्रणा प्राप्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपाली सेनाले पनि विगतमा सेना दिवसका अवसरमा अवकाशप्राप्त भारतीय सेनाध्यक्षलाई निमन्त्रणा गरेकामा विशेष अतिथिका रूपमा भाग लिई अवलोकन गर्नुभएको थियो, यो विगतको अभ्यास र परम्परा रही आएको छ । त्यसकै निरन्तरताका रूपमा उहाँहरुको निम्तालाई लिन सकिन्छ ।’  याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment