होटल व्यवसाय अझै चलायमान हुन सकेन, बैंकले थप पीडा दिएको गुनासो

वीरगन्ज । विगत डेढ वर्षअघिदेखि थलो परेको होटल व्यवसाय अझै पूर्णरुपमा चलायमान हुन सकेको छैन ।

कोरोना संक्रमणको महामारीको कारण २०७६ चैत ११ गतेदेखि नेपाल–भारत सीमा क्षेत्र बन्द भएदेखि थलो परेको होटल व्यवसाय अहिलेसम्म पनि पूर्णरुपमा चलायमान हुन सकेको छैन ।

कोरोना संक्रमणदर घटेसँगै निषेधाज्ञा खुकुलो भएपनि होटल व्यवसाय छिटफुट रुपमा मात्रै चलेको छ । वीरगन्ज र आसपास क्षेत्रमा साना, मझौला तथा ठूला गरी करिब २ सय होटलहरु संचालनमा छन् ।

यस क्षेत्रमा आन्तरिकभन्दा पनि भारतीय पर्यटकहरु बढी आउने गरेको थिए । नेपाल–भारत सीमा बन्द रहेकोले भारतीय पर्यटकहरु नेपाल आउन नपाउँदा होटल व्यवसाय थलो परेको हो ।

होटलहरु पूर्णरुपमा बन्द रहेकोबेला ऋण लिएको बैंकले बारम्बार ताकेता गर्दा मध्यम वर्गका होटल व्यवसायीहरुलाई पीडा थपिएको वीरगन्ज लिंकरोड स्थित एभरेष्ट होटलका संचालक विद्यालाल प्रसादले बताए । बैंको एक रुपैयाँ ब्याज समेत छुट नदिएको सुनाए ।

सरकारले कोरोना महामारीलाई मध्यनजर गर्दै पर्यटन व्यवसायीलाई लक्षित गरेर २ वर्षको लागि ऋण लिएको होटल व्यवसायीहरुको ऋणलाई बैंकहरुले रि–फाइनान्स गर्ने ऐन ल्याएको थियो । तर, ठूलठूला होटलहरुले मात्रै सरकारको बजेटको सदुपयोग गरेको उनको भनाइ छ ।

सरकारले पर्यटन व्यवसायलाई लक्षित गरेर विभिन्न बैंकबाट ऋण लिएर संचालन गरेका होटेलहरुलाई २ वर्षको लागि ५ प्रतिशत भन्दा तल व्याज झार्ने निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment