इलममा फेरी वढ्दै कोरोना संक्रमण आज थप ३० जनामा कोरोना संक्रमण


इलाम, ४ असोजः कोरोनाको दोस्रोलहरको ग्राफ अझै इलाममा घटेको छैन । इलाममा आज थप ३० जनामा संक्रमण देखिएको छ । आज थपिएका ३० जना सँगै संक्रमितको संख्या ५५९० पुगेको छ ।

आज संक्रमित हुनेहरुमा माइजोगमाई गाउँपालिकामा ९ पुरुष, देउमाई नगरपालिकामा ४ महिला र ३ पुरुष,  इलाम नगरपालिकामा ३ महिला र ३ पुरुष सन्दकपुर गाउँपालिकामा ४ महिला र १ पुरुष र सूर्योदय नगरपालिकामा १ महिला र १ पुरुष, फाकफोकथुम गाउँपालिकामा १ जना पुरुष रहेका छन् । 

इलाममा कोरोना संक्रमणको कारण १२५ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा २६३ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment