कांग्रेसको अधिवेशन तालिका परिवर्तन : दसैंअघि पालिका, बाँकी दशैँपछि

 

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गतका विभिन्न अधिवेशन तालिका फेरि परिवर्तन गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले विभिन्न अधिववेशन सार्ने सहमती गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न अधिवेशन तालिका परिवर्तन भएको जानकारी दिएका छन् । उनले भने, ‘दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’

यसअघि असोज ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।

जसमध्ये असोज ९ गतेका लागि निर्धारित पालिकास्तरीय अधिवेशन तोकिएकै समयमा हुने र अन्य अधिवेशन भने थाती रहने भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment