महिलालाई टुक्रा–टुक्रा पारी माई खोलामा बगाउने ४ जना सार्वजनिक

झापा । झापा गाउँपालिका–१ सानो माई खोलामा टुक्रा–टुक्रा पारी महिलाको शवलाई खोलामा बगाइदिने ४ जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा ४ जनालाई सार्वजनिक गरेको हो ।

खोलामा नाम वतन नखुलेको शव भन्दै तत्काल समाचार आएपछि झापा प्रहरीले यो घटनालाई अलग्गै हिसावले अनुसन्धान थालेको थियो । शव फेला परेको केहि दिनमै झापा प्रहरीले सफलता पाएको छ ।

महिलाको शव गत भदौ २५ गते सानो माइमा फेला परेको थियो । झापा गाउँपालिका १ सानोमाईखोलामा टाउको, घाटी, पेट (कम्मर भन्दा माथको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको लास स्थानीयले फेला पारेका थिए । स्थानीयले लास देख्नासाथ प्ररहीलाई खबर गरेका थिए ।

शव झापा गाउँपालिका १ माइती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५० वर्षीया डोली भन्ने धोन्नी टुडु रहेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

हत्या आरोपमा प्रहरीले मृतकको भान्जा भारत देश किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने वर्ष २३ को ऐतवार सोरेन, मृतकको सौताको भाई झापा गाउँपालिका १ बस्ने वर्ष ३७ को लखन टुडु सतारलाई पक्राउ गरेको छ ।

यस्तै, घटना लुकाउन सहयोग गर्ने सोही ठाउँका ५६ वर्षीय सिरी साइला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतारलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार मृतकका देवर सिंघीमारी ग्राम पञ्चायत बस्ने वर्ष अन्दाजी ४५/५० का मण्डल हेमरम (सतार) अझै फरार रहेको र उनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment