नेपाललाई जित्न सँधै कठिन हुन्छ : कप्तान क्षेत्री

काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालबिरुद्धको खेल जित्न कठिन हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान क्षेत्रीले नेपालसँग खेल्नु सँधै कठिन हुने बताएका हुन् ।

नेपालले बाहिर जस्तोसुकै खेलेपनि घरेलु मैदानमा भने राम्रो प्रदर्शन गर्ने भएकाले पनि भोलिको खेलमा जित निकाल्न कठिन हुने उनको भनाइ छ ।

उनले अफूसँग खेलेका कुनै पनि खेलाडी अहिले नेपाली टिममा नरहेको पनि बताएका छन् । बिहीबार नेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल खेल हुँदैछ । उक्त खेल दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ७ बजेबाट हुनेछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment