झापा । आफ्नै दाजुको हत्या आरोपमा सहोदर भाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकबल गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ३७ को रतन राजवंशी रहेको प्रहरीले जानकारी दिएको छ ।
रतनले बिर्तामोड ४ स्थित लिटिल फ्लावर स्कुल छेउमा खेम प्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका आफ्ना सहोदर दाजु ५० वर्षिय भात्रु राजवंशीलाई मारतोलले टाउकामा प्रहार गरी हत्या गरेको भनि मृतक भात्रुका छोराले बताएपछि प्रहरीले उनको खोजी तीब्र बनाएको थियो ।
फरार रहेका रावजंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आइतबार राति ९ बजे मेचीनगर वडा नम्बर १५ बाट हत्या प्रयोग भएको मार्तोलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
0 comments:
Post a Comment