अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फूटबल : भारतसँग नेपाल २–१ ले पराजित

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ । आइतबार (आज) दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८० औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाएका थिए ।

यसैबीच खेल सकिन ५ मिनेट अघि तेज तामाङले नेपालका तर्फबाट एक गोल फर्काउन सफल भए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भए ।

यसअघि विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलमा नेपालले अग्रता लिएपनि भारतले बराबरी गोल फर्काएको थियो ।

आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment