इलाममा थप १७ जनामा कोरोना संक्रमण, थप एक संक्रमितको मृत्यु


इलाम, २० भाद्रः इलाममा कोरोना संक्रमणको दोस्रो लहर अझै नियन्त्रण भएको छैन । दोस्रो लहरको संक्रमणमा मृत्यु हुनेको संख्या पनि वढेको छ । 

इलामा आज थप १७ जनामा कोरोना संक्रमण भएको छ । १७ जना थपिए सँगै इलामा संक्रमितको संख्या ५२३६ पुगेको छ । 

इलामा आज थपिने संक्रमितहरुमा इलाम नगरपालिकामा ३ महिला र ४ पुरुष, रोङ गाउँपालिकामा १ महिला र २ पुरुष, चुलाचुली गाउँपालिकामा १ महिला र २ पुरुष, सूर्योदय नगरपालिकामा १ महिला र  १ पुरुष र माइजोगमाई गाउँपालिकामा १ महिला र १ पुरुष रहेका छन् ।

यस्तै इलामा आज एक संक्रमितको मृत्यु भएको छ । इलामा अहिले सम्म कोरोना संक्रमणको कारण १२१ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ४१९ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment