सुदूरपश्चिम प्रदेश : एमालेभन्दा ठूलो दल बन्यो नेकपा (एस), थप ३ सांसदले छाडे एमाले

धनगढी। सुदूरपश्चिम प्रदेशका थप ३ सांसदले नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर नेकपा (एस) को पक्षमा सनाखत गरेका हुन् । यससँगै सुदुरपश्चिम प्रदेशमा एमालेभन्दा नेकपा (एस) ठूलो दल बनेको छ । एमालेको पक्षमा १२ र नेकपा (एस) को पक्षमा १३ सांसद रहेका छन् ।

यसअघि १० जना र हाल ३ जनासँगै १३ जनाले नेकपा (एस) रोजेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सभामुखसहित २५ सांसद रहेको एमालेबाट १३ सांसद नेकपा (एस) मा गएका छन् । भदौ २२ सम्म पार्टी रोज्ने समय निर्धारण गरिएको छ । र, पार्टी रोज्ने काम जारी रहेको छ ।

हाल सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका १४ सांसदमध्ये एमालेमा प्रवेश गरेका झपड बोहोरा पदमुक्त छन् । त्यस्तै, नेपाली कांग्रेसका १२ सांसद, जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment