नख्खु कारागारभित्र कैदीबन्दीबीच हानाहान, थप सुरक्षा व्यवस्था टोली परिचालन

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच हानाहान भएको छ । कैदीबन्दीबीच झडप भएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट थप सुरक्षा व्यवस्था टोली परिचालन गरिएको बताइएको छ ।

परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाइएको विषयमा विवाद भएपछि झडप भएको छ ।

झडपपछि कारागारभित्रै नाराजुलुस र झडप हुने सम्भावनालाई ध्यान दिँदै थप टोली पठाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment