बिर्तामोडमा एक पुरुषको शव फेला

 

झापा । झापाको बिर्तामोड- ४ मा आइतबार बिहान ७:३० बजे एक जना पुरुषको शव फेला परेको छ । बिर्तामोड ४ स्थित लिटिल फ्लावर स्कुल छेउमा खेम प्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने कचनकवल ३ का बाबुलाल भनिने ५० वर्षिय भात्रु राजवंशीको शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राजबंशी आफु सुत्ने कोठामा शंकास्पद अवस्थामा मृत फेला परेको र उनको अनुहारमा रगत देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

मृतकका १५ बर्षिय छोरा देव नारायण राजबंशीको अनुसार कान्छा काका रतनलाल राजबंशीले कुटेर आफ्नो बुवाको हत्या गरेको बताएका छन् । हत्या आरोपित रतनलाल आफ्नो ९ बर्षिय छोरा श्रीमन राजवंशीलाई साईकलमा लिएर फरार रहेको र उनको खोजिकार्य भइरहेको प्रहरीले जनाइएको छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment