ओली सरकारले शिलान्यास गरेका २ हजारबढी सडक आयोजना रोक्ने निर्णय

काठमाडाैँ । सरकारले पूर्वतयारी र श्रोतको व्यवस्थापन नभएको भन्दै अघिल्लाे सरकारले शिलान्यास गरेका २ हजारभन्दा बढी सडक आयोजनाको नयाँ ठेक्का लगाउन रोक लगाएको छ ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लाे सरकारले पूर्वतयारी नै नगरी ठूलो आर्थिक भार बढ्ने गरी सडक आयोजनाहरू अघि बढाएको अर्थ मन्त्रालयको निष्कर्ष छ ।

अर्थमन्त्री जनार्दन शर्माले २२ साउनमै यी आयोजनाहरुमा पुनःप्राथमिकिकरण गर्नुपर्ने भन्दै पूर्वतयारी नसकिएका आयोजनाहरू रोक्ने निर्णय गर्नुभएको थियो । अहिले यी आयोजना निर्माण कार्य अघि नबढाउने निर्णय गरिएकाे हाे ।

यसैगरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा लागु भएको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई पनि सरकारले रोकेको छ । तत्कालिन प्रधानमन्त्री ओलीले यो कार्यक्रम अन्तर्गत तीन वर्षभित्रमा एकैपटक १ सय ६५ वटा सडक बनाइसक्ने भन्दै बालुवाटारमा स्वीच थिचेर शिलान्यास गर्नुभएको थियो ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार नहुँदै शिलान्यास गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment