भारतीय बजारमा नेपाली विजुली प्रतिस्पर्धी बनाउन कुलमान घिसिङको प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुनमान घिसिङ नेतृत्वको टोली भारत भ्रमणमा रहेको छ । नेपालमा खपत भएर बचेको विजुलीको बजार बिस्तारका लागि प्राधिकरणको टोली भारत प्रस्थान गरेको हो ।

घिसिङ नेतृत्वको प्राधिकरण टोलीले भारतका उर्जासँग सम्बन्धित निकायहरुसँग छलफल गर्न गर्ने बताइएको छ ।

प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत परियोजनाले पूर्णक्षमता ४६५ मेगावाटमा व्यवसायिक उत्पादन शुरु गरेपछि बिजुली खेर जाने अवस्था आउने भएकाले त्यसको सदुपयोग गर्नका लागि भारतीय बजार रोजेको हो ।

प्राधिकरणको टोलीले भारतको विद्युत् मन्त्रालय तथा केन्द्रीय विद्युत प्राधिकरणका अधिकारीहरुसँग पनि भेट गरिसकेको छ । उक्त मन्त्रालय र प्राधिकरणका अधिकारीहरुले नेपालको प्रस्तावलाई सकारात्मक लिएको बताइएको छ ।

त्यसको साथै उक्त टोलीले बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पनि विद्युत व्यापार गरिरहेका एनभीभीएन विद्युत व्यापार कम्पनीसँग पनि छलफल गरेको छ ।

भेटका क्रममा भारतसँग नेपालको विजुली बंगलादेशमा पनि खपत गर्नेबारे कुराकानी भएको प्राधिकरणले जनाएको छ ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले नेपालको बिजुली भारतको बजारमा लागेर प्रतिस्पर्धाका लागि बाटो खुलालउन अनुमति मागका छन् ।

माथिल्लो तामाकोशीको आएपछि नेपालमा तत्काल सबै विद्युत खपत नेपालभित्रै गर्न नसकिने अवस्था आएपछि अन्तर्राष्ट्रिय बजार खोज्नु परेको प्राधिकरणको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment