देउवालाई भेटेर पौडेलले भने- ‘महाधिवेशनमा प्रहरी र प्रशासनको दुरुपयोग नहोस्’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा राज्यको प्रहरी र प्रशासनको दुरुपयोग नगर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शुक्रबार पौडेल समूहका नेताहरुले सभापति देउवालाई भेटेर निर्वाचन धाँधलीरहित हुनुपर्ने माग राख्दै राज्यको कुनै साधन–शक्तिको प्रयोग नगर्न आग्रह गरेका हुन् ।

सभापति देउवासँगको भेटपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् भनेका छौँ । साथै पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं ।’

यसैगरी निर्वाचन धाँधलीरहित हुनुपर्ने पनि सभापति देउवालाई पौडेले समूहले ध्यानाकर्षण गरेको छ । नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सहयोग गर्नुहोस् भनेर ध्यानाकर्षण गरेका छौँ ।’

सभापति देउवालाई भेट्न पौडेलसँगै महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूवसहमहामन्त्री अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल र जीवन परियार पुुगेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment