सिन्धुपाल्चोकमा जमिन भासियो, ६६ घर उच्च जोखिममा

 

सिन्धुपाल्चाक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भास्सिदा ६६ घर उच्च जोखिममा परेका छन् ।

घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको उक्त क्षेत्रका ४५० परिवार विस्थापित भएका छन् । स्थानीयवासी एक सातादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाको उपप्रमुख सिर्जना तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार कात्तिकेमा पनि ८ परिवार विस्थापित भएपछि पाँच टेन्ट उपलब्ध गराइएको छ । विस्थापित बोल्देका परिवार केहीलाई त्रिपाल उपलब्ध गराइएको छ भने कोही आफन्त कहाँ गएर बास बस्ने गरेको बताइएको छ ।

तेलेसोङ खोला ठाउँठाउँमा सुरुङका रुपमा बग्ने गरेकाले जमिन भास्सिने र चिरापर्ने गरेको र सो स्थानमा उद्धारका सामाग्री लैजान जोखिम रहेको उपप्रमुख तामाङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment