इलामको फिक्कलमा करेन्ट लागेर एक जनाको मृत्यु


इलाम, २९ भाद्रः इलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मंगलबार विहान सूर्योदय  नगरपालिका १० स्थित फिक्कल बजारमा मानसिक सन्तुलन ठिक नभएको बेवारीसे मागि खाइ हिड्ने अन्दाजी ३५ वर्षको  नामथर  नखुलेको पुरुष मानिस सड्कको पेटिमा हिडिरहेको अबस्थामा एक्कासि बिधुतको तार चुडि करेन्ट लागि मृत्यु भएको हो । 

सो घटनाको जानकारी पाउनसाथ  प्रहरी चौकी फिक्कल र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको टोली र प्रहरी चौकी फिक्कलबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोलि खटिगई कानुनी प्रक्रिया पुरा गरी सवलाई पोसमाटमको लागी फिक्कल अस्पतालमा राखिएको तथा अहिलेसम्म सवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment