काठमाडौंमै बोक्सी भन्दै महिलामाथि कुटपिट, श्रीमान्‌सहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौँको स्वयम्भुमा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट गरेको हो । प्रहरीका अनुसार पेट दुख्ने समस्या भएको महिलाको समस्या समाधानको लागि भन्दै ती महिलाको श्रीमान्ले धामी दिपेन्द्रकुमार थिङकोमा पुर्‍याएका थिए ।

उनीहरुले भदौ २० गते स्वयम्भुस्थित एक होटेलमा महिलालाई झारफुक गर्ने भन्दै कुटपिट गरेका थिए। धामीले महिलाको शरीरमा बोक्सी चढेको कुटपिट गरेपछि हट्ने भन्दै भन्दै महर्जन र पाण्डेले कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख गरिएको छ ।

प्रहरीकहाँ जाहेरी दिन आउँदा महिलाको शरीरमा निलडाम रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment