मुग्लिन–नौबिसे सडक अवरुद्ध

चितवन । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment