विराटनगर : प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु भएपछि आफन्त र स्थानीयद्वारा प्रदर्शन

विराटनगर । विराटनगरमा प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु भएपछि प्रदर्शन गरिएको छ ।


जिल्ला प्रही कार्यालय मोरङको हिरासतमा रहेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएपछि आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् ।

सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका छन्। कामतलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको जनाइएको छ । शुक्रबार पक्राउ परेका उनको आइतबार दिउँसो मृत्यु भएको थियो ।

मृतकका आफन्तले प्रहरीको यातनाका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृतकको दुवै खुट्टामा चोट छ । शुक्रबार कामत तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ परेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment