संखुवासभाको मादीमा एकै परीवारका ६ सदस्यको हत्या

 

काठमाडौं । संखुवासभामा एकै परीवारको ६ सदस्यको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका – १ का तेजबहादुर कार्कीको परीवारका ६ सदस्यहरुको ह-त्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।


स्थानीयले सोमबार बिहान घरको वरीपरी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या भएकाहरुमा पार्वता कार्की (तेजबहादुरकी आमा), श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्की रहेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

अहिले घटनाको सम्बन्धमा थप अनुसन्धान गर्नका लागि सदरमुकाम खाँदबारीबाट डिएसपीसहितको टोली घटनास्थल तर्फ प्रस्थान गरेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment