संखुवासभा हत्याकाण्ड : ४ जना तानिए प्रहरी अनुसन्धानमा

 

काठमाडौं । संखुवासभाको सामूहिक हत्यामा संलग्न हुन सक्ने आशंकमा आरोपित लोकबहादुर कार्कीका भाई नरेश कार्कीसहित गाउँका अन्य ४  जनालाई प्रहरीले अनुसन्धानमा तानेको छ ।

आइतबार आरोपमा अनुसन्धानका लागि चार जनालाई तानिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।

मृतक रञ्जना कार्कीको हराएको मोबाइल आरोपित लोकबहादुरका भाई नरेशको साथबाट भेटिएपछि घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशंकामा अनुसन्धान गरिएको एसपी राईले बताए । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेको थियो ।

मोबाइल भेटिएपछि अनुसन्धान टोली पुनः घटनास्थल मादी नै पुगेको छ। मोबाइल भेटिएसँगै घटना नयाँ मोडमा मोडिएको छ । हाल संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेका छन् ।

भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्यामा भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment