काठमाडौँ आउँदै गरेको बस नुवाकोटमा दुर्घटना, ३० जना घाइते


काठमाडौँ । नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बस किस्पाङमा दुर्घटना भएको छ । सो क्रममा करिब ३० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रहरी, नुवाकोटले जनाएको छ ।

सोमबार नुवाकोटको काउलेबाट काठमाडौंतर्फ आइरहेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका– ५, माने गाउँमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरी त्रिशुली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीको भनाइ छ ।

अनियन्त्रित भएर बस भित्तामा ठोकिएर नालीमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता