काठमाडौँ उपत्यकामा आजदेखि सार्वजनिक सवारीको भाडा वृद्धि, अब कति तिर्नुपर्छ ?


काठमाडौँ । बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बढाएको भाडादर आजदेखि लागू भएको हो । यससँगै काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडादरमा पनि वृद्धि भएको छ ।

बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको थियो । उक्त भाडादर आजदेखि लागू भएको हो ।

काठमाडौँ उपत्यका बाहिरका जिल्लामा २३ प्रतिशतका दरले भाडा वृद्धि भएकाे छ । तर काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाइएको छ । जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको न्युनतम भाडा १८ रुपैयाँ तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्ममा लागू हुनेछ र त्यसमाथि जति बढी किलोमिटर हुँदै जान्छ उति नै भाडा पनि बढी लाग्छ ।

अब उपत्यकाभित्र यात्रुले ५ किलोमिटरसम्मको यात्रा गर्दा न्युनतम भाडा रु १८  तिर्नुपर्नेछ भने १० किलोमिटरसम्मकाे यात्रामा २३ रुपैयाँ लाग्नेछ । यसैगरी १५ किलोमिटरसम्म २७ रुपैयाँ र २० किलोमिटसम्म ३० तथा २० किलोमिटर भन्दा माथि ३५ रुपैयाँ भाडा कायम गरिएको छ । तर यसमा विद्यार्थी, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकले ४५ प्रतिशत छुट पाउने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment