मोतिपुर औधोगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते


बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा ४ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीको गोली लागेर घाइते भएका सुकुम्बासी समूहका तीन जनालाई अस्पताल लैजाने क्रममा मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजले जनाएको हो ।

अस्पतालका अनुसार तीनै जनाको नाम, थर र वतन खूलेको छैन । मृत्यु हुनेहरुमा २ जना ४० वर्षीय पुरुष रहेका छन् भने एक जना २० वर्षीय पुरुष रहेका छन् । एक जना मृतककाे भने पहिचान खुलेकाे अस्पतलाले जनाएकाे छ ।

अस्पतालका अनुसार ४० वर्षीय र २० वर्षीय पुरुषको साढे ५ बजे उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ ।

बाँकी तीन जनाको भने पहिचान खुल्न बाँकी रहेको छ । घटनामा दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनावको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । तर, स्थानीय भने आफूहरुले वर्षाैदेखि उपभोग गरेको जग्गामा थाहै नदिई औद्योगिक क्षेत्र बनाउन लागेको भन्दै विरोधमा उत्रिएका छन् ।

प्रहरीले शनिबार राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि आक्रोशित स्थानीयहरु भौतिक आक्रमणमै उत्रिएका थिए।

चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले विरोध गर्दै ढुंगामुढा गरेर कार्यक्रम बिथोलेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment