चिरपटले हानेर भतिजाले गरे काकीको ह’त्या


  • प्रेम सुनार

गुल्मी । गुल्मीमा चिरपट दाउराले हानेर आफ्नै भतिजाले काकीको ह’त्या गरेका छन ।

जिल्ला रेसुङ्गा नगरपालिका १३ दुबिचौरका २५ वर्षीय प्रकाश विकले आफ्नै ६० वर्षीया काकी पारवती विकको ह’त्या गरेका हुन।

आइतबार साँझ चिरपट दाउरा प्रहार गरी गम्भीर घाईते भएकी विकको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा अध्यक्ष खुम खत्रीले जानकारी दिएका छन् ।

घटनापछि हत्या गर्ने विकलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारि दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment