मुगुमा दर्दनाक दुर्घटना : मृतकको संख्या ३२ पुग्यो, १४ जनाको सनाखत हुनै बाँकी


  • दानबहादुर बुढा

मुगु । दशैं मनाउन घर फर्केकाहरु दर्दनाक दुर्घटनामा परे । मुगुको छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनामा पर्दा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २४ जनाको घटनास्थलमा नै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै घटनास्थलबाट उद्धार गरेर उपचारका लागि लैजाने क्रममा थप ४ जनताको ताल्चा विमानस्थलमा मृत्यु भएको छ । मृत्यु भएकाहरुमध्ये १४ जनाको सनाखत हुनै सकेको छैन ।

दुर्घटनास्थलबाट उद्दार गरी बाँकेको नेपालगञ्ज पुर्याइएका ४ जनाकाे उपचारका क्रममा मृत्यु भएको हाे । नेपालगञ्जमा २ वटा हेलिकप्टरबाट उद्धार गरी पुर्याइएका १५ जनाको भने हाल उपचार भइरहेको छ ।

चार जनाको भने उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा ताल्चा विमानस्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यससँगै मृतक संख्या ३२ पुगेकाे हाे ।

छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँ (झ्यारीखोला) मा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको थियो । घटनास्थलमा मृत्यु हुनेहरुमा १६ पुरूष, ७ महिला र १ बालक छन् ।

नेपालगञ्जबाट मुगुको लागि छुटेको उक्त गाडी भिरालो खण्डमा सडकभन्दा २ सय मिटर तल खसेको थियो । ३ जना यात्रु गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समयअघि ओर्लिएको कारण बचेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment