महाकाली र ठूलीगाडको भँगालोमा फसेका ७ जनाको उद्धार प्रयास जारी


कञ्चनपुर । अविरल वर्षाका कारण नदीहरुमा बाढी चलेपछि कञ्चनपुर र कैलालीका टापुमा ७ जना फसेका छन् । कञ्चनपुरमा पर्ने महाकालीको भँगालोमा ५ जना र कैलालीमा पर्ने ठुलीगाडको भँगालोमा फसेका २ जनाको उद्धार प्रयास भइरहेको छ ।

कञ्चपुरको भीमदत्त नगरपालिका– ९ खल्लामसेटी भन्ने स्थानमा सोही स्थानका ५ जना महाकालीको भँगोलमा फसेका हुन् । उनीहरुको उद्धारका लागि सुरक्षाकर्मीको टोली पुगेको जनाइएको छ । खल्लामा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) खल्ला र ब्रह्मदेव प्रहरी चौकीबाट सुरक्षाकर्मीको उद्धार टोली सो स्थानमा पुगेको हो ।

उता सुर्खेतबाट उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर तयार रहे पनि खराब मौसमका कारण उड्न नसकेको बताइएको छ ।

साथै ठूलीगाडको भँगालोमा फसेका २ जनाको पनि मौसम खराबी र निरन्तरको वर्षाका कारण उद्धार हुन सकेको छैन । मौसममा सुधार आउनेबित्तिकै हेलिकोप्टरबाट उनीहरुको उद्धार गरिने कैलाली प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment