गिदेरी खोलामा डुबेर बालकको ज्यान गयो

उदयपुर । उदयपुरको बेलका नगरपालिका–२ गिदेरी खोलामा डुबेर २ वर्षिय बालकको ज्यान गएको छ । बेलका नगरपालिका– २ शान्ति नगर टोलका बिश्वनाथ चन्द्रबंशीको २ वर्षिय छोरा भरत चन्द्रबंशी आइतबार दिउँसो घरबाट हराएका थिए ।

सोमबार दिउँसो मृतककै दाजु सुमन चन्द्रबंशीले गिदेरी खोलामा डुबेको अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जानकारी दिएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरि बालकको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment