कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ विजयी




ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित हुनुभएको छ । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित हुनुभएको हो ।

यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित हुनुभएको छ । सहसचिवमा तेज सुनुवार ९जङ्ग० र नन्दकुमार आङ्बुहाङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो ।

एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो । तुम्याहाङसँग पार्टीका पूर्वसचिवसमेत रहुनुभएका छविलाल गुरुङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment