इलाममा वर्षाको ताण्डप १३ जनाको मृत्यु, २ जना वेपत्ता, सडकहरु ठाउँ ठाउँमा अवरोध


इलाम, ३ कार्तिकः केहि दिन देखि देशभरी भएको अभिरल वर्षाका कारण इलाममा ठूलो क्षति भएको छ । इलाममा वर्षाका कारण अहिले सम्म  जनाको मृत्यु भई सकेको छ भने जना वेपत्ता रहेका छन् । मेची राजमार्ग सहित शाखा सडकहरु विभिन्न ठाउँमा अवरोध भएको छ भने एउटा पक्की पुल वगाएको छ । देउमाई खोलको दोभानमा रहेको पुल वाढीले वगाएको हो । 

इलामको फाकफोकथुम १ ठिङ्गेपुरमा नरवहादुर शेर्मामको भाञ्छाघरमाथिवाट पहिरो आएर पुरिदा दुईजनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ३० वर्षिय बिना शेर्मा लावती र १४ वर्षि आइत वहादुर राई रहेका छन् । 

त्यस्तै फाकफोकथुम ३ सल्लेरीमा नैनसिंह कटुवालको घरमाथिवाट आएको पहिरोमापरी घरमा रहेका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नैनसिंह कटुवाल, रणजता कटुवाल, निशना कटुवाल र निश्चीत कटुवाल रहेका छन् । 

त्यस्तै सूर्योदय नगरपालिका ३ मेलवोटेमा नेत्रवहदुर मोतेको घरमाथिवाट पहिरो आउँदा ३ जना सामान्य घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायणिदेवी मोते रहेकी छन् । 

देउमाई नगरपालिकामा खोलाले वगाउँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका २ का दिपक आचार्य र निजको श्रीमती सरिता आचार्य रहेका छन् । 

त्यस्तै सूर्योदय नगरपालिका ३ जीलगाउँमा विष्णुमाया तामाङको घर पहिरोले वगाउँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुेनमा विष्णुमा तामाङ र विशाल तामाङ रहेका छन् । 

त्यस्तै माङसेवुङ ६ चिसोपानी वजारमा हरिप्रसाद राईको घर पहिरोले पुरिदा ६ जना मध्ये २ जना सकुसल रहेको र अन्य ३ जनाको मृत्यु भएको मृत्यु हुनेमा हरिप्रसाद राई उनको श्रीमती रनसरी राई र छरी कविता राई रहेका छन् र एकजना हरिमाया राई वेपत्ता रहेका छन् । 

यस्तै माई नगरपालिका ३ वेतीनी जंगलमा रुखले किचेर तेजमायाँ राईको मृत्यु भएको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment