झापा । अविरल वर्षा र हावाहुरीका कारण झापामा धानबालीमा ठूलो क्षति पुर्याएको छ । जिल्लामा शनिबारदेखि जारी हावाहुरीसहितको निरन्तर बर्षाले धानबाली सोत्तर बनाउदा ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुर्याएको हो ।
जिल्लामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । जसमध्ये ५० प्रतिशत धानबाली वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले जानकारी दिए ।
जिल्लाको उत्तरी क्षेत्रमाभन्दा दक्षिणी क्षेत्रमा धेरै क्षति भएको छ । प्रमुख सिंहका अनुसार जिल्लाको गौरादह, शिवसताक्षी, झापा गाउँपालिका लगायतका क्षेत्रमा धानबालीमा ठुलो क्षति भएको हो ।
उनका अनुसार झापामा वर्षा जारी रहेकाले क्षती अझ बढ्न सक्ने बताए । यस्तै कृषि ज्ञान केन्द्रले किसानको खेत खेतमा पुगेर क्षतिको अवलोकन गर्न पनि सुरु गरेको जनाएको छ ।
‘हामीले किसान समक्ष पुगेर क्षतीको अवलोकन गर्न पनि सुरु गरेका छौँ,’ ज्ञान केन्द्र प्रमुख सिंहले भने, ‘जिल्लाका सबै पालिकाका कृषि विकास शाखामा पत्राचार पनि गरिसकेकाले आ–आफ्नो क्षेत्रमा अन्य पालिकाले पनि अब अवलोकन गर्नेछन् ।’
0 comments:
Post a Comment