इलाममा थप ९ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु


इलाम, १५ असोजः इलाममा आज थप ९ जनामा कोरोना संक्रमण र थप एक जनाको मृत्यु भएको छ । इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकाका १ महिला र ५ पुरुष, देउमाई नगरपालिकामा २ महिला र माङसेवुङ गाउँपालिकामा १महिला रहेका छन् । 

त्यस्तै इलाममा आज मृत्यु हुनेमा इलाम नगरपालिका ६ कि ९६ वर्षिय महिला रहेकि छन् । इलामा मृतकको संख्या १२८ पुगेको छ । संक्रमितको संख्या ५७३२ रहेको छ भने सक्रिय संक्रमित २१६ जना रहेका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment