आइपीएल क्रिकेटः चेन्नाई प्लेअफमा पुग्ने पहिलो टीम, अन्य टीमको सम्भावना कती ?

  • बिनय तिम्सीना


इलाम, १५ असोजः इन्डीयन प्रिमियम लिग (आईपीएल) क्रिकेटमा बिहीबार साँझ भएको खेलमा चेन्नाई सुपर किङ्ग्सले सनराईज हैदारावदलाई ६ विकेटले हराउँदै प्लेअफमा पुगेको छ । चेन्नाईलाई १९.४ ओभरमा धोनीको छक्कालागाउँदै जीत दिलाएका हुन । २०२१ को आईपीएलमा चेन्नाई प्लेअफमा पुग्ने पहिलो टीम बनेको छ । हार सँगै ११ खेलबाट ४ अंक जोडेको सनराईज हैदारवाद भने प्लेअफको दौडबाट वाहिरेको छ । चेन्नाई २०२० आईपीएलमा प्लेअफबाट वाहिरीने पहिलो टीम भएको थियो । 

चेन्नाइले यस अघि २०१०, २०११ र २०१८ मा आईपिएलको उपाधि जीतेको छ । अहिले चौथोपटक आईपिएलको उपाधि जित्ने दाउमा रहेको छ । 

महेन्द सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई ११ खेलमा १८ अंक बनाउँदै तालिकामो शिर्ष स्थानमा रहेको छ । 

प्लेअफमा प्रवेश गर्ने कस्को सम्भावना कती ?

२०२१ आईपिएलको प्लेअफमा चेन्नाई सुपर किङ्गस प्रवेश गरिसकेको छ । चेन्नाईले अव रहेका वाँकी तिन खेलमा पनि जित निकाल्दै अंक तालिकाको पहिलो नंम्वरमा रहन चहान्छ ।  अंक तालिकाको दोस्रो स्थामा रहको देल्ली क्यापिटलको ११ खेलबाट १६ अंक रहेको छ टेक्नीकल्ली हेर्नेहो भने देल्लीपनि प्लेअफमा पुगेको छ । अहिले सम्मको आईपिएलको इतिहास हेर्दा १६ अंक बनाउने टीम प्लेअफमा पुगेका छन् । 

११ खेलबाट १४ अंक रहेको रोयल च्यालेजर्स ब्याङ्गलोरले भारतमा भएको पहिलो सत्रमा निकै राम्रो प्रदर्शन गरेको थियो । भारतिय कप्तान विराट कोहोलीको कप्तानीमा रहेको व्याङ्गलोर दुवाई पुगेसँगै संर्घस गरिरहेको छ । तर पनि व्याङ्लोर प्लेअफमा पुग्ने सम्भावन अन्य टीमको भन्दा राम्रो छ । प्लेअफमा पुग्ने ४ टीम मध्ये चेन्नाई प्लेअफमा पुगिसकेको छ । देल्ली र व्याङलोरको सम्भावना वलियो छ । 

चैथो टीमको लागि प्लेअफको दौडमा कोलकोत्ता नाइटराईटरस, डिफेन्टीङ च्याम्पियन मुम्वै इन्डियन्स,  पञ्जाव किङ्स र राजस्थान रोयल्स रहेका छन् । कोलकोत्ता र मुम्वैको समान ११ खेलबाट सामान १० आंक रहेको छ भने पञ्जाव र राजस्थानको सामान ११ खेलबाट सामान ८ आंक रहेको छ ।  

यसरी अंक तालिका हेर्नेहो भने पनि सवै ४ वटा टिमको प्लेअफमा पुग्ने सम्भावना वढी देखिन्छ । अलि धेरै सम्भावना भएका टिमहरु मुम्वै र कोलकोत्ता हुन  तर पनि  विगतका संस्करणमा मुम्वैको कमव्याक हेर्नेहोभने वढी सम्भावना मुम्वैको रहेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment