रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्ने पक्का, नेकपा एसले सबैमन्त्रीको औपचारिक घोषणा गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बिहानै बस्ने भएको छ । सरकारमा जाने नेताहरुको अन्तिम तथा औपचारिक निर्णय गर्न आज सचिवालय बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने नेताहरुको नाम लगभग तय गरिसकेको छ । नेता बिरोध खतिवडाको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ । जसमा विरोध खतिवडालाइ सहरी विकास मन्त्रालयकाे जिम्मेवारी दिइनेछ ।

प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमा, रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पठाउने लगभग तय भएको छ । त्यस्तै राज्यमन्त्रीमा श्रम मन्त्रालयमा किसान श्रेष्ठ र राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने तयारी भएको प्रवक्ता खतिवडाले बताएका छन् ।

अहिले बस्नै सचिवालय बैठकले यसबारे औपचारिक घोषणा गर्ने जनाइको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे मन्त्रीहरुलाई सपथ गराउने तयारी भइरकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment