पाँचथर अस्पतालमा उपचाररत तीन बर्षीया बालिकाको ज्यान गएपछि अस्पतालमा तनाब


फिदिम । जिल्ला अस्पताल पाँचथरमा उपचाररत एक बालिकाको ज्यान गएपछि अस्पतालमा तनाब भएको छ । इन्जेक्सन लगाए लगत्तै तीन बर्षीया बालिका कृष्टिना थाम्सुहाङको निधन भएपछि मृतकका आफन्तले छानबिनको माग गरेका छन् ।

फालेलुङ गाँउपालिका ८ स्थायी घर भई फिदिम नगरपालिका २ पल्लोटारमा बसोबास गर्दै आएका मृतक बालिका कृष्टिनाका बुवा कमल थाम्सुहाङले स्वास्थ्यकर्मीको लापरबाहिका कारण छोरीको ज्यान गएको आरोप लगाएका छन् ।

‘सामान्य खोकी र ज्वरो आएपछि उपचारका लागि मंगलबार बिहान कृष्टिनालाई अस्पताल ल्याएका थियौँ,’ मृतक बालिकाका काका युवराज थाम्सुहाङले भने ‘बुधबार बिहान कृष्टिनाले हाँस्दै बदाम र पाउरोटी खाएकी हुन् । स्वास्थ्यकर्मीले कृष्टिनालाई इन्जेक्सन लगाउने बित्तिकै उनी बेहोस बनिन् ।’ इन्जेक्सन लगाउने बित्तिकै बेहोस बनेकी कृष्टिनाको केही समयमै ज्यान गएको थियो ।

अस्पताल आएपछि स्वास्थमा सुधार आएर आजै डिस्चार्च गर्न लागिएकी कािलकालाइ राउण्डमा आएका चिकित्सकले सुइ लगाइदिए  लगत्तै निधन भएको हो । बेडमा आमासँग गफ गर्दै खाजा खाएकी कृष्टिना सुइ लगाउने बित्तिकै चिच्याएर बेहोस भएरकाे २ मिनेट नबित्दै निधन हुनुमा स्वास्थकर्मीको लापरबाहि भएको काका युवराजको भनाई छ ।

अस्पतालले चित्तबुझ्दो जवाफ सहित घट्नाको यथार्थ सार्वजनिक नगरेसम्म शव नबुझ्ने उनीहरुको भनाई छ । स्वास्थकर्मीहरुले भने एनाफाइलाटिक सकका कारण बालिकाकाे निधन भएको हुनसक्ने बताएका छन् ।समस्या समाधानका लागि २ घण्टादेखि बार्ता जारी रहेपनि कुनै निश्कर्ष निस्केको छैन ।

जाेरपाटीबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment