ट्यांकर विस्फोट हुँदा कम्तीमा ९० को मृत्यु, १०० भन्दा बढी घाइते


एजेन्सी । सियरा लिओनको राजधानी फ्रीटाउनमा एउटा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग ठोक्किएर विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । त्यस्तै अन्य १०० भन्दा बढी घाइते भएका छन् । सरकारी अधिकारीहरूका अनुसार मृतकको संख्या अझै बढी हुनसक्ने आँकलन गरिएको छ ।

कार्यवाहक स्वास्थ्यमन्त्री अमरा जम्बाइका अनुसार १०० भन्दा बढी घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । पोखिएको इन्धनमा आगो सल्किएपछि नजिक रहेका मानिसहरू र सवारी साधनमा आगलागी भएको बताइएको छ ।

राष्ट्रपति जुलियस मादा बायोले दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेको बताएका छन् । ट्वीट गर्दै राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

आफ्ना सवारी साधनमा फसेका कारण कैयौँले ज्यान गुमाउन पुगेका थिए । फ्रीटाउनका मेयर वाइभोन अकी सवेरले भने त्रासदीपूर्ण तस्बिर हेर्दा १०० भन्दा बढीको मृत्यु भएको जनाएका छन् ।

विस्फोट शहरको वेलिंगटन क्षेत्रको व्यस्त चोइथ्राम सुपर मार्केट बाहिरको एक चोकमा शुक्रबार करिब दश बजे भएको बताइएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment