भारतको महाराष्ट्रस्थित सिभिल अस्पतालमा आगलागी हुँदा १० को मृत्यु


काठमाडौं । छिमेकी राष्ट्र भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार (आज) महाराष्ट्रको अहमदनगरस्थित सिभिल अस्पतालको कोरोना वार्डमा आगलागी हुँदा १० जना कोरोनाका विरामीको मृत्यु भएको हो ।

अहमदनगरका कलेक्टर राजेन्द्र भोसलेले यस घटनाको पुष्टि गरेका हुन् । त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेले यस घटनाबारे तत्काल छानविन गर्न निर्देशन दिएका छन्, भने केन्द्रीय गृहमन्त्री अमित शालले दुःख ब्यक्त गरेका छन् ।

कलेक्टर राजेन्द्र भोसलेले भनेका छन्, ‘सिभिल अस्पतालको कोरोना वार्डमा आगलागी हुँदा १० जनाको दुःखद् निधन भएको छ । त्यस्तै ६ जना विरामीहरु घाइते भएका छन् । हाल उनीहरुको थप उपचार भइरहेको छ ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment