जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ जना घाइते

 

काठमाडौं । सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिका तर्फ आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परि ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा जीप धनी देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

सल्यानको कालीमाटीबाट आउँदै गरेको यात्रुवाहक जिप दाङको बबई गाउँपालिका–३ ठाडो खोलामा आज बिहान साढे ९ बजेति दुर्घटनामा परेको थियो। प्रहरी घटनास्थलमा पुगेर घाइतेको उद्धार गरिएको जनाइएको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment