प्रहरीले सहकर्मीमाथिनै बर्साए गोली, ४ को मृत्यु

काठमाडौं । भारतको छत्तीसगढ राज्यमा एक प्रहरीले आफ्नै सहकर्मीहरुमाथि गोली चलाउँदा चारको मृत्यु भएको छ ।

भारतीय समाचार माध्यमहरुका अनुसार छतिसगढको सिक्मा जिल्लामा उक्त घटना भएको हो । त्यहाँको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर ती प्रहरीले सहकर्मीमाथिनै गोली चलाएका थिएा ।

उनले बोकेको एके-४७ राइफलबाट चलाएको गोली लागेर ४ प्रहरीको मृत्यु भएको हो । गोली चलेको उक्त स्थान प्रदेश राजधानी रायपुरबाट ४ सय किलोमिटर टाढा रहेको बताइएको छ ।

घटनामा अन्य ३ प्रहरी घाइते भएका छन् । ती प्रहरीले किन गोली चलाए भन्नेबारे खुलेको छैन । उनलाई हिरासतमा राखि अनुसन्धान थालिएको बताइएको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment