सन्दर्भ नेपाली कांग्रेस , इलामको १४ औं जिल्ला अधिवेशन

  • हाेम दुलाल



नेपाली  कंग्रेसका  महाधिवेशन  प्रतिनिधि  केवल  प्रदेश अधिवेशन  र  केन्द्रीय  महाधिवेशनका  मतदाता मात्र होइनन -  मुलरुपमा विचारका संवाहक साथै पार्टिका नीतिनिर्माता  हुन ।  महाधिवेशन प्रतिनिधि मध्येबाट मात्र चुनिने महासमिती सदस्य  महासमिती बैठकका दर्शक र पार्टिको कार्यक्रमका शोभा मात्र होइनन । पार्टिभित्र पार्टी बिगतको समीक्षा गर्ने  र  भावी नीति ,  रणनिती  र कार्यक्रम  निर्माण गर्ने  निर्विकल्प  "  फोरम " केवल  महाधिवेशन  र  महासमितिको बैठक मात्र हुन ।  

महाधिवेशन भित्र प्रवेस पाउने महाधिवेशन प्रतिनिधि र महासमिती सदस्य  मात्र हुन्छन भने  महासमिती बैठकमा  महासमिती सदस्यले मात्र सहभागी हुन पाउँछन्  । त्यसैले पार्टिलाई  सैद्धान्तिक रुपमा प्रतिवद्ध र  वैचारिक तथा सांगठनिक रुपले सुदृढ एवं सक्षम  बनाउन साथै सहि नेतृत्व स्थपित गर्न महाधिवेशन प्रतिनिधि र महासमिती सदस्य छनौटमै  गम्भिरतापूर्वक  विवेक पुर्‍याउनु पर्ने हुन्छ ।

 पार्टिमा सैद्धान्तिक रुपले प्रतिवद्ध  र  त्यसप्रती निष्ठावान  हुन पार्टिको सिद्धान्त  , नीति , रणनिती , कार्यक्रम  र त्यसको इतिहासका साथै प्रतिष्पर्धिहरुका विषयमा जानकार  हुनै पर्छ ।  जसरी  तालिमप्राप्त सेनाले कहिल्यै  हार व्यहोर्नु पर्दैन  त्यसरी नै   सु - प्रशिक्षित एवं सक्षम पार्टी पङ्ती र सदस्यहरु भएको पार्टी मात्र हर मोर्चामा सबल र अपराजेय हुन सक्छ । 

 नेपाली कांग्रेसमा   सर्वत्र  हर शुभेच्छुकहरुबाट  पार्टिमा प्रशिक्षणको अभाव रहेको  कारण  प्रतिपक्षिले लाउने आरोप , चलाउने अनर्गल अफवहहरुको सक्षम ढंगले प्रतिवाद गर्न नसकिएको , पार्टिका सहि नीति र कार्यक्रमहरुको बारेमा आम सर्वसाधारणणसम्म जानकारी पुर्‍याउन नसकिएको  , ऐतिहासिक तथ्यहरु समेत तोडमरोड गरेर चलाइएका अफवाहहरुलाई समेत सहि रुप्मा खण्डन गर्न नसक्दा पार्टी पङ्तिमै समेत भ्रम रहेको , सैद्धान्तिक ज्ञानको कमि  र  आफ्नो पार्टिका बरे पर्याप्त जानकारिको कमिका कारण  सदस्यहरुको  निष्ठा सबल र सुदृढ हुन नसकेको जस्ता कुरामा व्यापक चिन्ता व्यक्त  गर्ने गरेको पाइन्छ ।  चिन्ताले पुर्‍याउने त चितामा मत्रै हो ,  समाधान त चिन्तनले मात्रै दिन्छ  । 

 यो बेला नेपस्ली कांग्रेस १४ औं महाधिवेशनको  महा अभियानमा छ  । विभिन्न तहका अधिवेशनहरु सम्पन्न हुने क्रममा छन । त्यसैले चिन्तन गर्ने र  समाधान खोज्ने यो नै उपयुक्त बेला हो । सानो लापर्वाही  र  एक क्षणको भुलले  सधैंकालागी पछुताउनु  नपरोस भन्ने हो भने  यो बेला सतर्क र गम्भीर बन्नै पर्छ । 

उपयुक्त समाधान के हो त ? 

           नेपाली कांग्रेसको विधानले केन्द्रीय तहमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान  र अन्य विभिन्न समिती हरु ,  प्रदेश तहमा  बिभागहरु  र  जिल्लामा शाखाहरुको व्यवस्था  गरेको छ ।  त्यसमध्ये प्रशिक्षण सम्बन्धी  सबै प्रतिष्ठान , बिभाग  र    शाखालाई विशेष महत्व प्रदान गर्दै त्यसको संयोजक भने उपसभापती मध्येबाटै हुनुपर्ने व्यवस्था गरेको छ , अन्यको हकमा सदस्य भए  हुन्छ ।  

यसबाट के बुझिन्छ भने  उपसभापती सभापतिको अनुपस्थितिमा  सभापतिको जिम्मेवारी निर्वाह गर्ने सहायक मात्र नभएर  पार्टि प्रशिक्षणको जिम्मेवारिमा मूख्य जिम्मेवार पदाधिकारी हो ।  हामी सबैको गम्भीर चिन्ताको समाधान दिने पदाधिकारी हो ।  

त्यसैले उपसभापतिलाई मतदान गर्दै गर्दा गम्भीर भएर सोचौं , विवेकशिल भएर सोचौं , गुट , लिङ्ग , समुदाय, क्षेत्र भन्दा माथी उठेर सोचौं   , मात्रै नेपाली कांग्रेस र  जिम्मेवार कांग्रेस भएर सोचौं हामी सबै कांग्रेसको गम्भीर चिन्ताको सहि र उपयुक्त समाधान यहि नै हो ।  कम्तिमा  २  मध्ये  १  उपसभापति  प्रशिक्षणकालागी  अनुभवी र दक्षलाई  रोजौं । जयनेपाल ।

दुलालले  अाफ्नाे फेसबुककाे वालमा लेखेका छन्



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment