चेन्नईमा भारी वर्षा : विद्यालय, सरकारी कार्यालय बन्द

एजेन्सी । भारतको तमिलनाडुमा भारी वर्षाका कारण चेन्नईसहित चार जिल्लाका विद्यालय बन्द भएका छन् ।

चेन्नईमा अविरल वर्षा पछिको बाढीले जनजीवन प्रभावित पारेको छ। चेन्नई लगायतका स्थानमा सोमबार पनि भारी वर्षा भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

चेन्नई र आसपासका क्षेत्रमा भारी वर्षा भएको कारण अधिकारीहरूले आपतकालिन कदम चालेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

निरन्तरको वर्षापछि त्यहाँका विद्यालय र क्याम्पसहरु बन्द भएका छन्। मोसम प्रतिकुल रहेका कारण सोमबार र मंगलबार चेन्नाई र त्यस पासपासका शैक्षिक संस्थाहरु बन्द हुने बताइएको छ ।

चेन्नाइमा अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालयहरु सोमबार बन्द रहने टाइम्स अफ इन्डियामा खबर छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment