धनुषामा बस दुर्घटना १२ जना यात्रु घाइते, बसको पुरै भाग जलेर नष्ट

 

  • विजय साह

धनुषा । तुलसीपुर दाङ्गबाट बिराटनगरतर्फ जाँदै गरेको बस धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्ग दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ भने १२ जना यात्रु घाइते भएका छन् ।

बुधबार बिहान ८ बजे ना ६ ख ७१०२ नम्बरको बसको सन्तुलन बिग्रेपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

सडकबाट तल खसेको बसमा आफै आगो लागेको इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताउनुभयो । उहाँले पल्टिने क्रममा तेल टंयाकी फुटन गई बसमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको भन्नुभयो ।

बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएको छ । घाइतेहरुको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा ७ जना महिला, ४ जना पुरुष र एक जना बालक रहेको प्रनि सुवेदी जानकारी दिनुभयो । घाइते मध्ये १० जनाको पुष्पवलपुर स्थित एक नीजि स्वास्थय उपचार केन्द्रमा २ जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्री सकुशल रहेको छ ।

बसमा लागेको आगो ढल्केवरस्थित दंगा नियन्त्रण गणका शसस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बरुण यन्त्रको मद्दतले नियन्त्रण लिइएको छ । आगोमा परी अधिकांश यात्रुको समान समेत जलेर नष्ट भएको छ ।

यता बसमा सवार तथा दर्घटनाबाट शकुसल रहेका यात्रुहरुले चालकको लापरवाहीले बस दुर्घटना भएको बताएका छन् । यात्रुहरुले तीब्र गतिमा हिँडिरहेको बसले अर्को गाडीलाई ओभरटेक गर्न लाग्दा चालकले नियन्त्रण गर्न नसकेपछि बस दुर्घटना भएको बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment