नरेन्द्रकुमार केरुङले काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


पाँचथर । नेपाली काँग्रेस पाँचथरका निर्वातमान सभापति नरेन्द्र कुमार केरुङले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

उनले काग्रेसको १४ औँ महाधिवेशनमा आदिवासि जनजाती तर्फबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुने घोषणा गरेका हुन् ।

‘दुई कार्यकालको जिल्ला सभापतिको जिम्मेवारी पूरा भएको छ। अब केन्द्रीय सदस्यको उम्मेद्वारको रुपमा आफूलाई अघि सारेको छु । देशभरबाट आउनुहुने प्रतिनिधि ज्यूहरुले माया गर्नु हुन्छ भन्ने अपेक्षा राखेको छु’ केरुङले भने ‘लोकतन्त्रको सुदृढिकरण, पार्टी संगठनको निर्माण र परिचालनमा सकेसम्म राम्रो गर्ने प्रयास गरीएको छ । केन्द्रीय सदस्यको उम्मेद्वारी मेरो लागि अवसर हो ।’

केन्द्रीय सदस्यको तयारीका लागि प्रदेश राजधानी विराटनगर र संघिय राजनधानी काठमाडौँका लागि सोमबार यात्रा प्रारम्भ गरिएको उनले जानकारी दिए ।

केरुङले दोश्रो संविधान सभा निर्वाचन र प्रदेश सभा निर्वाचनमा पाँचथर क्षेत्र न. १ (क) बाट उम्मेद्वार थिए । जिल्ला कार्यसमितिमा दुई पटक सह–सचिवको मूमिका निर्वाह गरेपछि सभापति निर्वाचित भएका थिए ।

टे«ड युनियन काग्रेस पाँचथरको तीन कार्यकालको सभापति भएका केरुङको साहित्यिक व्याक्तित्व पनि रहेको छ । पाँचथर बहुमुखि क्याम्पसमा प्राध्यापन गर्दै गर्दा सभापति निर्वाचित भएका केरुङ २०६७ सालमा प्रजातन्त्रवादी प्राध्यापक संघको केन्द्रीय सदस्यका रुपमा पनि उनले काम गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment