ओलीको ३०१ केन्द्रीय कमिटीमा परेनन् दुर्गा प्रसाईं, फन्किएर बन्दसत्रबाट बाहिरिए


काठमाडौं । झापास्थित बीएण्डसीका अस्पतालका संचालक दुर्गा प्रसाईंलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाउने चर्चा थियो ।

केन्द्रीय सदस्य बनाउने ओलीको आश्वासनमै नेकपा (माओवादी केन्द्र) निकट रहेका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका थिए ।

एमालेले प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गर्यो । प्रसाईं केन्द्रीय सदस्य बन्ने सपना बाेकेर नारायणीकाे तीरमा पुगे । चिनवनमा जारी १०औं महाधिवेशनमा सर्वसम्मत हुने नदेखिएपछि प्रसाईंले केन्द्रीय सदस्यमा उम्मेदावरी पनि घोषणा गरे । उनले ‘ओलीकै आर्शिवाद’का कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताका थिए ।

आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ केन्द्रीय सदस्य कमिटीको सूची पेस गरे । ओलीले आफूले तयार पारेको केन्द्रीय कमिटीको सूची पढेर सुनाए । ओलीले ३०१ जनाको नाम पढिसके, तर, प्रसाईंको नाम आएन ।

आफ्नो नाम नआएपछि प्रसाई बैठकस्थलबाट फन्किएर बाहिरिए । बैठकस्थलबाट बाहिरिएपछि उनले संचारकर्मीसँग प्रतिक्रिया दिँदै भने, ‘यस्तै हुन्छ । त्यसैले चुनाव गरौ चुनाव गरौ भनेको ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment